कञ्चनपुरको ग्वासी समैजी मन्दिरमा माघ ११ गते जाँत मेला लाग्ने

Call24News

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुबेलामा रहेको ग्वासी समैजी देवस्थलमा यस वर्ष पनि जाँत ९मेला० लाग्ने भएको छ । हरेक वर्ष माघ शुक्ल सप्तमीका दिन आयोजना हुने जाँत मेला यस वर्ष माघ ११ गते लाग्ने भएको हो ।

जाँत मेलाअघि पञ्चमीका दिन माघ ९ गते ग्वासी समैजीको मूल धाम रहेको गोदावरी नगरपालिका–१२ बड्डीमछेली ९कुमीझाल० मा मेला लाग्ने स्थानीय जीवनराज भट्टले जानकारी दिए । त्यसको भोलिपल्ट माघ १० गते राति रतेडी हुने र माघ ११ गते मालुबेलास्थित ग्वासी समैजी देवस्थलमा मुख्य जाँत मेला आयोजना गरिने उनले बताए ।

यस मन्दिरमा लाग्ने मेलामा कञ्चनपुर र कैलालीका साथै डोटी र डडेल्धुराबाट समेत श्रद्धालु तथा दर्शनार्थीहरू सहभागी हुने गरेका छन् । यहाँ दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वास रहँदै आएको छ ।

ग्वासी समैजी मन्दिर कृष्णपुर नगरपालिका गुलरिया बजारबाट करिब ७ किलोमिटर उत्तरतर्फ अवस्थित छ । यसैबीच मन्दिरको विकासका लागि चैत ६ गतेदेखि १६ गतेसम्म शिव महापुराण तथा महारुद्र विराट महायज्ञ आयोजना गरिने जनाइएको छ ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार