सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाही हुनुपर्छः ओली

Call24News

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र आगजनी गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताएका छन्। बुधबार गृह जिल्ला झापाका विभिन्न स्थानमा पुगेर ‘जेन–जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका भौतिक संरचनाहरूको अवलोकन गर्दै उनले यस्तो धारणा राखेका हुन्। 

अध्यक्ष ओलीले राष्ट्रिय तथा सार्वजनिक सम्पत्ति, नगरपालिकाका कार्यालय र राजनीतिक कार्यकर्ताका घर जलाउनु गम्भीर आपराधिक क्रियाकलाप भएको उल्लेख गर्दै यस्ता गतिविधिलाई कुनै पनि बहानामा प्रोत्साहन गर्न नसकिने स्पष्ट पारे। उनले देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनका लागि अपराध रोक्नुपर्नेमा जोड दिँदै अरूको घर र कार्यालय जलाउनेहरूलाई कानुनी कठघरामा उभ्याउनुको विकल्प नरहेको बताए।

यसै क्रममा अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकारको कडा आलोचना गर्दै सरकारले नै अपराधीहरूलाई संरक्षण दिइरहेको आरोप समेत लगाए। उनले अहिलेको सरकार देश जलाउनेहरूकै भएकाले उनीहरूलाई जोगाउने काम भइरहेको र अपराधीहरूलाई कारबाही नगरिएको जिकिर गरे। 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएपछि ओली चुनावी दौडधुप र स्थानीय क्षेत्रको अवलोकनमा सक्रिय देखिएका छन्। उनले गत सोमबार मात्रै दमक पुगेर आफ्नो मनोनयन पत्र दर्ता गराएका थिए। 

यस पटकको निर्वाचनमा ओलीको क्षेत्र झापा–५ राष्ट्रिय राजनीतिको केन्द्रविन्दु बनेको छ, जहाँ उनले प्रमुख प्रतिस्पर्धीका रूपमा विभिन्न चुनौतीहरूको सामना गर्दै चुनावी अभियानलाई अगाडि बढाइरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार