देशभर हालसम्म १ हजार २१४ जनाले दिए उम्मेदवारी, मनोनयन दर्ता जारी

काठमाडौं: प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको क्रम जारी छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म देशभर १ हजार २१४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी परेकामध्ये ६५९ जनाको रुजु भएको छ भने ५५५ जनाको रुजु हुन बाँकी छ । १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भइराखेको छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारले उम्मेदवारी दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।  उम्मेदवारको नाम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा समावेश भएको निस्सा आवश्यक हुनेछ ।

यदि उम्मेदवार सरकार वा सरकारी स्वामित्वको संस्थामा बहाल छन् भने, सो पदबाट राजीनामा दिएको प्रमाण पेस गर्नुपर्नेछ । प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गर्ने भए, प्रतिनिधि तोकेको फारम अनिवार्य छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार