कैलाली-५ बाट रास्वपाका चन्दले दिए उम्मेदवारी 

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कैलाली–५ मा आनन्दबहादुर चन्दले उम्मेदवारी दर्ता गरेका छन्। उनी बालेन शाहका निकटस्थ हुन्। बैतडीमा जन्मिएका चन्दको परिवारको बसोवास धनगढी उपमहानगरपालिका- ८ मा रहेको  छ।  

प्राध्यापन पेशामा रहेका उनले जैविक रसायनशास्त्रमा हालै विद्यावारिधी पूरा गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकबाट राजीनामा दिएर चन्द राजनीतिमा होमिएका हुन्।

मनोनयन दर्ताका क्रममा चन्दले देशले चाहेको परिवर्तनको लागि आफू पद छोडेर राजनीतिमा आएको बताए। ूदेशले पतिवर्तन खोजेको छ, जेन्जी आन्दोलनले पनि परिवर्तन खोजेको छ, पदभन्दा पनि त्याग गर्न राजनीतिमा आएको हुँ, चन्दले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार