धनगढी: कञ्चनपुर-३ मा रमेश लेखकले चुनाव नलड्ने भएका छन्। जेन्जी आन्दोलन दमन गरेको आरोप लागेका तत्कालीन गृहमन्त्री रहेश लेखकलाई काँग्रेसले टिकट नदिएको हो। नेपाली काँग्रेसले यसअघि लेखकले चुनाब लड्दै आएको क्षेत्र कञ्चनपुर–३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ।
बोहरा काँग्रेस कञ्चनपुरका पूर्व सभापति पनि हुन्। नेता बोहराले टिकट पाउँदा पूर्वगृहमन्त्री लेखक काँग्रेसबाट चुनावी प्रतिस्पर्धाबाट वञ्चित भएका छन्। प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेता लेखक ३० हजार ५७५ मतसहित विजयी भएका थिए।




प्रतिक्रिया दिनुहोस्