सुदूरपश्चिमको सुरक्षा अवस्था समीक्षा, निर्वाचनका लागि एकीकृत सुरक्षा रणनीति लागू गर्ने निर्णय

Call24News

धनगढी: सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठकले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गरेको छ। आइतबार मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यतामा तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको संयोजकत्वमा बैठक सम्पन्न भएको हो।

प्रदेश प्रहरी ऐन, २०७९ को दफा ९१ बमोजिम बसेको उक्त बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रदेशभरको शान्ति सुरक्षा अवस्था, सम्भावित सुरक्षा चुनौती तथा एकीकृत निर्वाचन सुरक्षा रणनीतिका विषयमा चारवटै सुरक्षा निकायबाट विस्तृत समीक्षा प्रस्तुत गरिएको थियो।

बैठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा रणनीतिअनुसार सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।

यसैगरी, निर्वाचनका क्रममा फैलिन सक्ने नकारात्मक सूचना तथा अन्य अवाञ्छित गतिविधिहरूको सूक्ष्म निगरानीका लागि चारवटै सुरक्षा निकायले विशेष टोली गठन गरी एकीकृत रूपमा काम गर्ने निर्णय गरिएको छ।

राजनीतिक तथा प्रशासनिक तहबाट समेत नकारात्मक सूचनाप्रति उच्च सतर्कता अपनाउने निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार