एमालेबाट अर्घाखाँचीमा पीताम्बर भुसाल उठ्ने

Call24News

नेकपा एमालेले फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीबाट पीताम्बर भुसाललाई उम्मेदवार बनाएको छ।

भुसाल हाल एमाले अर्घाखाँचीको दोस्रो कार्यकालको अध्यक्ष छन्। 

१४ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय बनेर लागेका भुसाल गाउँ, इलाका, क्षेत्र र जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्षमा दुवै पटक निर्विरोध निर्वाचित बनेका थिए।

जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट भुसालसँगै टोपबहादुर रायमाझी, बिजुला रायमाझी, बोमबहादुर विश्वकर्मा, भोजबहादुर शाह र गोपाल खनालको नाम उम्मेदवारको लागि पार्टी केन्द्रमा सिफारिस गरिएको थियो। 

शनिबार बसेको एमाले केन्द्रीय सचिवालयले भुसाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

भुसाल २०५४ सालमा २६ वर्षकै उमेरमा तत्कालीन बागी गाविस अध्यक्ष बनेका थिए। गाविस अध्यक्ष बनेको २८ वर्षपछि उनी संसदीय निर्वाचनमा होमिन लागेका हुन्।

२०६१ सालमा तत्कालीन नेकपा माओवादीले घर कब्जा, सम्पत्ति लुटपाट र घरमा तालाबन्दी गरिदिएपछि उनी घर र गाउँबाटै विस्थापित बनेका थिए।

२०७९ सालको निर्वाचनमा संघ र प्रदेश गरी तीन वटै क्षेत्र र आधा भन्दा बढी स्थानीय तहमा पाँच दलीय गठबन्धनका विरूद्ध एमालेका उम्मेदवारहरूलाई जिताउन सफल भएको भन्दै एमाले केन्द्रले उनलाई उत्कृष्ट जिल्ला अध्यक्षको रूपमा सम्मान गरेको थियो।

विघटित प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझी निर्वाचित भएका थिए।

रायमाझी अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि दुई वर्षदेखि थुनामा छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार