चुनाव लड्ने देउवाको चाहना, महाराजगन्जमा छलफल जारी

Call24News

काठमाडौं । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पनि डडेलधुराबाट चुनावी प्रतिष्पर्धामा उत्रिने तयारी गरेका छन् । उनी निकट एक नेताले दिएको जानकारीअनुसार देउवा डडेलधुराबाट चुनाव लड्न चाहन्छन् ।

देउवाको तर्फबाट सभापति गगन थापासँग नजिकका नेताहरु छलफल गरेको स्रोतले जानकारी दियो ।

“सभापति गगन थापासँग रमेश लेखकले छलफल गर्नुभएको छ,” स्रोतले भन्यो,“डडेलधुरामा शेरबहादुर देउवा नै चुनाव लड्ने तयारीमा हुनुहुन्छ । त्यो मनस्थिति बनाउनुभएको छ ।”

सभापति थापाले पनि देउवा चुनाव लड्न तयार भए नरोक्ने सन्देश पठाएको स्रोतले जानकारी दियो ।

स्रोतले दिएको जानकारीअनुसार अहिले पनि देउवा निवास महाराजगन्जमा उनीनिटक नेताहरु छलफलमा जुटेका छन् ।

पूर्णबहादुर दड्का, मीनेन्द्र रिजाल, बालकृष्ण खाँणलगायतका नेताहरु छलफलमा रहेको स्रोतले जानकारी दियो ।

“राति अबेरसम्म तीन पक्षकै नेताहरु छलफलमा जुटेका थिए,” स्रोतले भन्यो,“मोटामोटी टिकट पाउने नेताहरुको नाम टुंगिइसकेको छ । अब सहमति भयो भने एकैपटक सार्वजनिक हुन सक्छ ।”

राति सहमतिनजिक पुगेको भए पनि बिहान देउवाले सभापतिकै हैसियतमा ल्होसारको शुभकामना दिएको, पूर्णबहादुर खड्काले पनि कार्यवाहककै हैसियतमा दिएको हुनाले केही विवाद देखिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार