नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा प्रस्थान गरेका छन्।
उम्मेदवारी दर्ताका लागि उनी झापा जान लागेका हुन्।
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् मंगलबार उम्मेदवारी दर्ताको कार्यतालिका छ।
अध्यक्ष ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गर्दैछन्।
‘अध्यक्षज्यू काठमाडौंबाट हिँडिसक्नुभएको छ,’ प्रेस चौतारीका उपाध्यक्ष चेतन अधिकारीले सेतोपाटीसँग भने।
उनका अनुसार अध्यक्ष ओलीले आजै निर्वाचन क्षेत्रमा पत्रकार सम्मेलन गर्ने कार्यतालिका पनि तय भएको छ।
झापा–५ को चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।
झापा–५ मा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह उम्मेदवार बन्दैछन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेर वरिष्ठ नेता पनि चयन भएका छन्।




प्रतिक्रिया दिनुहोस्