रास्वपाले दियो तारा जोशीलाई टिकट, डडेल्धुराबाट चुनाव लड्ने

Call24News

डडेल्धुराः सुदूरपश्चिम प्रदेश सभा सदस्य डा.तारा प्रसाद जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डडेल्धुरामा प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्।

रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जोशीलाई डडेल्धुराको आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो। ‘भिजन डडेल्धुरा’ अभियानका अभियान्ता रहेका जोशी लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छन्। उनी गत प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जित्दै नेपाली काँग्रेसका बहालवाला मन्त्री गोविन्दराज बोहरालाई पराजित गर्न सफल भएका थिए।

रास्वपाले डा.जोशीलाई सक्षम, इमानदार र जनमुखी उम्मेदवार का रूपमा अघि सारेको जनाएको छ। प्रदेश सभा सदस्यका रूपमा रहँदा उनले स्वास्थ्य, शिक्षा तथा दुर्गम क्षेत्रका नागरिकका समस्यालाई सदनमा प्रभावकारी रूपमा उठाउँदै आएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार