उम्मेदवारी दर्ताका लागि प्रचण्ड आजै रुकुमपूर्व जाँदै

Call24News

५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी -नेकपा_का संयोजक प्रचण्ड आज साँझ रुकुमपूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी आजै रुकुमपूर्व जान लागेका हुन् ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । नेकपा रुकुमपूर्वका अनुसार प्रचण्डको स्वागतका लागि तयारी पूरा भएको छ ।

नेकपा रुकुम पूर्वका इन्चार्ज तेजबहादुर वलीका अनुसार प्रचण्डको कार्यतालिका तय भइसकेको छ ।  ‘सोमबार पुग्नुहुनेछ भने मंगलबार तामझामका साथ उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ’, उनले भने ।

प्रचण्ड मंगलबार मनोनयन दर्ता गरेर बुधबार मात्र काठमाडौँ फर्कने कार्यतालिका रहेको  इन्चार्ज वलीले जानकारी दिए । ‘यस क्रममा उनले जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग विशेष राजनीतिक छलफल र परामर्श समेत गर्नुहुनेछ’, उनले भने ।

यसअघि २०७९ को निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका प्रचण्ड यसपटक सुरक्षित स्थान खोज्दै जनयुद्धको आधारभूमि रुकुमपूर्व पुगेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार