लहानमा मधेस आन्दोलनका सहिदहरूलाई माल्यार्पण गर्दै चुनावी अभियान सुरू गरे बालेनले

Call24News

वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन शाहले आज सोमबार बिहान मधेस आन्दोलनका सहिदहरूलाई माल्यार्पण गर्दै आफ्नो चुनावी अभियान सुरू गरेका छन्।

झापा-५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध चुनाव उठ्न लागेका बालेनले आइतबार दिउँसो मेयर पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै रास्वपाको पार्टी कार्यालय ‘घन्टीघर’ पुगेका बालेन वरिष्ठ नेताको पदभार ग्रहण गरेर साँझको फ्लाइटमा जनकपुर पुगेका थिए।

उनले सोमबारबाट आफ्नो राजनीतिक अभियान सुरू गरेका छन्। त्यस क्रममा बिहानै मधेस आन्दोलन क्रममा सहिद भएकाहरूको सम्झनास्वरूप लहानमा निर्माण गरिएको मधेसी सहिद पार्कमा गएर माल्यार्पण गरे।

आजै जनकपुरमा रास्वपाको सभा पनि छ, जसमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी हुँदै छन्।

पुस १३ गते रास्वपा सभापति लामिछानेसँग सातबुँदे सहमति हस्ताक्षर गरेर पार्टी प्रवेश गरेका बालेन पहिलो पटक कार्यालय छिरेका हुन्। तर उनी १५ मिनेटभन्दा बढी कार्यालयमा बसेनन्।

स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयर जितेका बालेनले रास्वपाबाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। उनले आइतबारैदेखि लागू हुने गरी उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका थिए।

Balen3-1768796466.jpg
Balen2-1768796466.jpg
Balen5-1768796465.jpg
Balen1-1768796467.jpg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार