सोनाम ल्होसार जस्ता पर्वहरूले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत गर्छ : राष्ट्रपति पौडेल

Call24News

राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।

सोमबार सोनाम लोसारको अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपाली बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको हुनाले यस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताए ।



उनले भने, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।’

यस्तै, उनले यस पर्वमा तामाङ समुदायमा कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जनका साथ आपसमा खुसी आदानप्रदान गर्ने चलन रहेको पनि उल्लेख गरेका छन् ।



उनले भने, ‘तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्व मनाइन्छ । यस पर्वमा तामाङ समुदायमा कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जनका साथ आपसमा खुसी आदानप्रदान गर्ने चलन छ । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित विभिन्न जातिहरूले आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।’

साथै, उनले सोनाम ल्होसारले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।


कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार