एमालेमा दुई भाग्यमानी जोडी, बुढाबुढी नै उम्मेदवार !

Call24News

काठमाडौँ । नेकपा एमालेले दुई जोडी (पतिपत्नी) लाई उम्मेदवारको टिकट दिएको छ । एमालेको शनिबार रातीसम्म बसेको बैठकले दुई जोडीलाई फागुन २१ गतेका प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको टिकट दिएको हो ।

एमालेले धनुषा-४ मा रघुवीर महासेठलाई र धनुषा-३ मा जुलीकुमारी महतोलाई उम्मेदवारको टिकट दिएको छ । उनीहरु दुवैजना श्रीमान-श्रीमती हुन् ।

HIGHLIGHTSनेकपा एमालेले दुई जोडी (पतिपत्नी) लाई उम्मेदवारको टिकट दिएको छ ।

अघिल्लो निर्वाचनमा पनि उनीहरु दुवैजना धुनषाबाटै चुनाव लडेका थिए । महासेठ एमालेको ११औँ महाधिवेशनमा ओली समूहबाटै उपमहासचिवमा वियजी भएका थिए । उनकी श्रीमती मधेशी महिला सदस्यतर्फ केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् ।

त्यस्तै, एमालेले समानुपातिकतर्फ आदिवासी जनजाति महिलातर्फ उम्मेदवार बनाएकी उषाकला राई र सिन्धुपाल्चोक-२ मा उम्मेदवार बन्न लागेका शेरबहादुर तामाङ पनि श्रीमान-श्रीमती हुन् ।

उनीहरु दुवैजना एमालेको ११औँ महाधिवेशनमा केपी ओलीकै समूहतर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार