राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडाैंको मेयरबाट राजीनामा दिने निर्णयबाट पछि हटेका छन् । उनले आज पार्टी कार्यालय च:मती जानुअघि राजीनामा दिने चर्चा थियो ।
शाहका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंका अनुसार महानगर प्रमुखबाट शाहले अहिलेसम्म राजीनामा बुझाएका छैनन् ।
स्रोतका अनुसार बालेन प्रतिनिधिसभाको उम्मेदवार बने पनि राजीनामा नदिने मनस्थितिमा पुगेका छन् । उम्मेदवारी दर्ता भए मेयर पद स्वत: निष्क्रिय हुने प्रावधान छ । सोही प्रावधानलाई टेकेर शाह अघि बढ्ने बताइएको छ ।
यदि चुनाव सर्ने परिस्थिति बनेमा महानगरमा फर्किने बाटो खुलै रहने मनस्थितिसहित बालेन राजीनामा दिने निर्णयबाट पछि हटेको बताइन्छ ।
रास्वपा प्रवेश गरेका बालेन आज पहिलोपटक पार्टी कार्यालय जाने कार्यक्रम छ । उनको स्वागतमा कार्यलयमा विशेष समारोहको आयोजना गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । कार्यालयमा शाहका लागि विशेष कार्यकक्ष बनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्