उम्मेदवारी मनोनयन दर्ताको समय सीमा सार्न आयोगसमक्ष प्रमुख दलले गरे आग्रह

Call24News

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसिमा थप गर्न प्रमुख राजनीतिक दलले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय माघ ६ गतेबाट माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेका हुन् ।

यद्यपि निर्वाचन आयोगले अहिलेसम्म सार्ने विषयमा निर्णय नगरिसकेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाल प्रेससँग बताए ।

उनले भने, ‘सबैजसो राजनीतिक दलले मनोनयन दर्ताको समय सीमा माघ ६ गतेबाट कम्तीमा पनि एक साता बढाएर माघ १५ देखि माघ मसान्तसम्म सार्न अनुरोध गर्नुभएको छ । आयोगले यस विषयमा आन्तरिक छलफल गरिरहेको छ । अहिलेसम्म कुनै निर्णय गरेको छैन ।’

अहिलेसम्म निर्णय नलिए पनि बढीमा मनोनयन दर्ताको समय एक हप्ता सर्नसक्ने स्रोतले बतायो 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार