काँग्रेस विवाद: डा. शेखर कोइराला पक्ष सर्वोच्च गएन, रणनीति बनाउन बैठक बस्दै

Call24News

 नेपाली कांग्रेसको डा. शेखर कोइराला गगन थापा नेतृत्वको काँग्रेससँग सहकार्य गर्ने संकेत गरेको छ । एकपछि अर्को नेताहरु गगन पक्षमा खुल्न लागेपछि दबाबमा रहेको कोइराला पक्षले आगामी रणनीति तय गर्न आज भेला बोलाएको छ ।

डा. शेखर कोइराला शनिबार देउवा पक्षको बैठकमा गएपनि निर्वाचन आयोगको निर्णयविरुद्ध आन्दोलनमा जान नहुने सुझाव दिएर फर्किएका थिए ।

तर आइतबार देउवा पक्ष आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जादा कोइराला पक्षका नेताहरु अनुपस्थित रहेका थिए ।

पूर्णबहादुर खड्कासहित विमलेन्द्र निधि, प्रकाशमान सिंह मीनबहादुर विश्वकर्मालगायत नेताहरू सर्वोच्चमा पुगेपनि कोइराला पक्षका नेताहरु गएका थिएनन् । कोइरालाले आफ्नो पक्षका नेताहरुसँग आज छलफल गर्न बोलाएको एक नेताले जानकारी दिएका छन् । उनी पक्षका नेताहरुले रुख चिन्ह र चारतारे झन्डा हुने पक्षसँगै एकताबद्ध हुनुपर्ने दबाब दिएपछि कोइरालाले देउवा पक्षबाट आफुलाई अलग राखेका छन् ।

यसअघि शुक्रबार निर्वाचन आयोग पुगेर आफ्ना धारणा राख्दै कोइरालाले विशेष महाधिवेशन अवैधानिक भएको र नयाँ नेतृत्व आधिकारिक नभएको स्पष्ट धारणा राखेका थिए ।


कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार