कैलालीमा दुई ठाउँबाट लागूऔषधसहित चार जना पक्राउ

Call24News

कैलाली: कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। प्रहरीले दुई फरक स्थानबाट शंका आधारमा चेकजाँच गर्दा हिरोइन जस्तो देखिने पदार्थ फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पहिलो घटना मंगलवार साँझ करिब ७ बजे टिकापुर नगरपालिका–९ खक्रौला चेकपोस्ट नजिक भएको हो। एकतानगर बस्ने २३ वर्षीय नरेश परियार र ब्लक नम्बर ६ बस्ने ३० वर्षीय गिर्जा बजगाईको चेकजाँच गर्दा उनीहरूको साथबाट करिब १ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। दुवै जनालाई उक्त पदार्थसहित प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

त्यस्तै, सोही दिन राति करिब १२ बजे धनगढी उपमहानगरपालिका–१० बनकट्टी घाटबाट २० वर्षीय मुनिस राना र २० वर्षीय अविशेक रानालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। चेकजाँचका क्रममा उनीहरूको साथबाट १ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार