अनेरास्ववियुका यी अनुहार जसले पाए एमालेबाट प्रत्यक्षको टिकट

Call24News

नेकपा एमालेले प्रत्यक्षतर्फ टिकट टुंग्याउँदा विद्यार्थी राजनीतिबाट आएकाहरूलाई पनि समेटेको छ।

शनिबार बसेको सचिवालय बैठकले अनेरास्ववियुको राजनीतिमा सक्रिय र भर्खरै बिदा भएको अनुहार समेटेको हो।

एमालेले अनेरास्ववियुका अध्यक्ष दीपक धामीलाई उम्मेदवार बनाएको छ। डा. सुजन कडरियाले राजीनामा दिएपछि धामी अध्यक्ष बनेका हुन्। यसअघि उनी संगठनको महासचिव निर्वाचित भएका थिए।

संगठनको सचिवबाट उमेर हदका कारण बिदा भएका मनोज ताम्लीलाई एमालेले झापा–४ को उम्मेदवार बनाएको छ। त्यहाँ दुई पटक चुनाज जितेका एलपी सावा लिम्बूलाई उम्मेदवार नबनाएर एमालेले ताम्ली छानेको हो।

अध्यक्षमा पराजित भएर विद्यार्थी राजनीतिमा बिदा भएका आरसी लामिछाने पनि गोरखाबाट उम्मेदवार बनेका छन्। उनी गोरखा–१ बाट उम्मेदवार बन्ने भएका छन्। एमालेले विद्यार्थी राजनीतिबाटै आएकी अस्मिता थापालाई ओखलढुंगाबाट उम्मेदवार बनाएको छ।

उनी लिखु गाउँपालिकाको उपाध्यक्ष पनि हुन्। उनी कार्यकाल बाँकी छँदै संघीय सांसदको उम्मेदवार बनेकी हुन्।

एमालेले यसपटक कञ्चनपुर–१ बाट कमला बोहोरा, कञ्चनपुर–२ बाट बचनबहादुर सिंह, कैलाली–१ बाट द्वारिका न्यौपाने, रोल्पाबाट गोकुल घर्ती, पर्वतबाट पदम गिरी, रामेछापबाट माधव ढुंगेल, मकवानपुर–२ बाट महेश बर्तौला, महोत्तरी–४ बाट सरोज यादव लगायत पनि अनेरास्ववियुबाटै आएका हुन्। ढुंगेल अनेरास्ववियुका पूर्व अध्यक्ष हुन्। घर्ती अध्यक्षमा पराजित भएका थिए। बर्तौला उपाध्यक्षबाट बिदा भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार