गोरखामा नेकपाका उम्मेदवारः १ मा हरिराज अधिकारी, २ मा लेखनाथ न्यौपाने

Call24News

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गोर्खाको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। 

नेकपाले गोरखा-१ मा हरिराज अधिकारी र २ मा लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ। 

दुवैलाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट दिएका हुन्। 

अधिकारी २०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। 

त्यतिबेला गोरखा-२ बाट तत्कालीन नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।

२०७९ मा प्रचण्ड आफै गोरखा-२ बाट निर्वाचित भएका थिए। 

गोरखा-१ बाट भने माओवादीसहितको समर्थनबाट कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका थिए।  

यसपालि प्रचण्ड रूकुम पूर्व र नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्।

न्यौपाने भने पहिलोपटक चुनाव लड्दैछन्। उनी अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार