कैलाली क्षेत्र नं. ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कैलाली निर्वाचन क्षेत्र नं. ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। शुक्रबार जिल्लाको गोदावरी नगरपालिका– १ स्थित कृषि तथा पशुपंक्षी सेवा केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

कार्यालयको निर्वाचन अधिकृत हरि प्रसाद आचार्यले उद्घाटन गरे। कार्यालय स्थापना पश्चात बोल्दै सहायक निर्वाचन अधिकृत गिरीराज भण्डारीले कैलाली निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताए। उनले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लगायतका सम्पुर्ण कार्यक्रमका लागि कार्यालय स्थापना भएको उनले बताए।

उनले उक्त कार्यालयबाट गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाका सबै वडा तथा मोहन्याल गाउँपालिका को वडा नं. ५ का सम्पुर्ण मतदान स्थल, मतदान केन्द्र तथा निर्वाचनका सम्पुर्ण कामकारबाहीहरु हुने बताए। ‘कार्यालयबाट मतदान केन्द्र तथा स्थलहरुमा कर्मचारी खटनपटन गर्ने, मतदान सञ्चालन गर्ने र मतमेटीका संकलन गरी मत घोषणा गर्ने लगायतका काम हुनेछन’ उनले भने।

कैलाली निर्वाचन क्षेत्र नं. ४ मा यसपटक १ लाख १५ हजार बढी मतदाता रहेका छन। सहायक निर्वाचन अधिकृत भण्डारीका अनुसार सो निर्वाचन क्षेत्रमा १ लाख १५ हजार १४३ मतदाता रहेका छन। यस्तै सो निर्वाचन क्षेत्रमा ५७ मतदान स्थल रहेको १३६ मतदान केन्द्र रहेको भण्डारीले बताए। 

सहायक निर्वाचन अधिकृत भण्डारीका अनुसार उक्त मतदान स्थलहरुमध्ये गोदावरी नगरपालिकामा २४, गौरीगंगा नगरपालिकामा १७, चुरे गाउँपालिकामा १४ र मोहन्याल गाउँपालिकामा २ वटा रहेका छन। त्यस्तै १३६ निर्वाचन केन्द्रमध्ये गोदावरीमा ६९, गौरीगंगामा ४५, चुरेमा २० र मोहन्यालमा २ वटा रहेको भण्डारीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार