नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुर पार्टी सदस्य नै नरहेको बताएका छन् ।
निर्वाचन आयोगमा पुगेर शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिकता दाबी गर्दै खड्काले विधान अनुसार ५ वर्षको लागि साधारण सदस्य नरहने गरी कारबाही गरिसकेको बताए ।
उनले भने, ‘अब उहाँहरू तीनजना महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुर नेपाली कांग्रेसको साधारण सदस्य पनि हुनुहुन्न । अरू कोही जिम्मेवारीको कुरै भएन । नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिले, कार्यसम्पादन समितिले गरेको निर्णय हो ।’
उनले सर्वसम्मत रूपमा वैशाखमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको समेत बताए ।




प्रतिक्रिया दिनुहोस्