अन्ततः फुट्यो काँग्रेस!

भक्तराज जोशी

नेपाली काँग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहमामन्त्रीलाई पाँच वर्ष निष्कासनको घोषणा गरेसँगै पार्टी विभाजनतिर उन्मुख भएको छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको संस्थापनपक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासहित सहमहामन्त्री फर्मुलाहा मनसुरलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट पाँच वर्ष निष्कासनको घोषणा गरेको हो।

अब विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपबाट नयाँ नेतृत्व चयनको तयारी गरेको छ।

यसअघि २०५९ मा पनि नेपाली काँग्रेस फुटेको थियो। प्रधानमन्त्री रहेका शेरबहादुर देउवालाई पार्टी सभापति रहेका गिरिजाप्रसाद कोइरालाले कारबाही गरेपछि देउवाले नेपाली काँग्रेस प्रजातान्त्रिक गठन गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार