नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धोका दिएको ब्रिफिङ गरेका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा खड्काले महाधिवेशनको कार्यतालिका सहमतिमा ल्याएर पछि धोका दिने काम भएको बताए ।
उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयविपरीत विशेष महाधिवेशन गरेर थापा र शर्माले अवैधानिक काम गरेको पनि जिकिर गरे ।
बैठकमा अर्का नेता रमेश लेखकले संस्थापनले अधिकतम लचकता अपनाउँदा पनि सहमति भेट्न नसकिएको बताए । त्रिपक्षीय वार्तामा सहभागी भइरहेका उनले भने, ‘हामीले धेरै प्रयास गर्याैँ । लचकता अपनाउँदा पनि अहिलेसम्म समाधान हुन सकेको छैन । छलफलले सफलता पाउन सकेको छैन ।’




प्रतिक्रिया दिनुहोस्