नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

 नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बैठक सुरु भएको हो ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो । बैठकमा विशेष महाधिवेशन पक्षधरको आठबुँदे प्रस्तावका विषयमा छलफल हुने बताइएको छ ।

कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने लगायत प्रस्ताव विशेष महाधिवेशन पक्षधरको रहेको छ ।

त्यसैगरी तेस्रो प्रस्तावमा प्रधानमन्त्रीको उमेदवार अहिले नै तय गरेर जानुपर्ने, चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने, टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने प्रस्ताव रहेका छन् ।

निर्वाचनमा केन्द्रित हुनका लागि पाँच सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने, उमेदवारको  टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने र विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने प्रस्ताव रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार