प्रशान्त तामाङको निधनप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्।

उनले प्रशान्त तामाङकी श्रीमती मार्था एलीलाई सोमबार शोकपत्र पठाउँदै प्रशान्तको निधनले अपूरणीय क्षति भएको जनाएका छन्।

मोदीको शोकपत्रलाई भारतीय जनता पार्टीका सांसद तथा बीजेपीका राष्ट्रिय प्रवक्ता राजु विष्टले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। पत्रमा मोदीले प्रशान्तको गायन र अभिनय कलाको प्रशंसा गरेका छन्। 

मोदीले स्वर्गीय प्रशान्त तामाङलाई सम्झँदै भनेका छन्, ‘आफ्नो मधुर गायन र उत्कृष्ट अभिनयमार्फत प्रशान्त तामाङ जीले मनोरञ्जन जगतमा आफ्नै पहिचान बनाउनुभयो। दृढ संकल्प र अपार प्रतिभाको प्रतीकका रूपमा उहाँले करोडौंको हृदय छुनुभयो।’

उनले प्रशान्त अनगिन्ती मानिसहरूका लागि प्रेरणाको स्रोत भएको बताएका छन्।

प्रशान्तको जीवन यात्राले युवालाई सपनामा विश्वास गर्न र कडा परिश्रम गर्न प्रेरित गर्ने उनले उल्लेख गरेका छन्।

लेखेका छन्, ‘प्रशान्त तामाङको जीवन यात्रा आफ्ना सपना उहाँकै कथामा देख्ने असंख्य मानिसका लागि प्रेरणास्रोत हो। उहाँको संघर्षपूर्ण जीवनले युवापुस्तालाई सपना देख्न र ती पूरा गर्न कडा परिश्रम गर्न उत्प्रेरित गर्छ।’ 

यसअघि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रशान्तको निधनमा दुःख व्यक्त गरेकी छन्। प्रशान्तको आइतबार हृदयघातबाट नयाँ दिल्लीमा निधन भएको थियो। सोमबार उनको शव जन्मस्थल दार्जिलिङ लगिएको थियो। उनको मंगलबार सम्मानसहित अन्त्येष्टि गरिने जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार