देउवानिवासबाट निस्कियो शेखर समूह, के भयो कुरा ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासबाट डा. शेखर कोइराला निस्किएका छन् । उनी बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजालसहित करिब ४५ मिनेट देउवासँग छलफल गरेर निस्किएको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

देउवाले आजै ३ बजे आफूनिकटका केन्द्रीय सदस्यहरूको बैठक राखेका छन् । उक्त बैठक सुरु हुनुअघि कोइरालासहितका नेताहरूसँग देउवाले छलफल गरेका हुन् । 

देउवासँगको भेटमा कोइरालाले गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरेलगायत नेताहरूलाई फर्किने बाटो दिनुपर्ने बताएका छन् । उनले आजै बस्ने केन्द्रीय समितिको बैठकले कारबाही गर्न नहुने भन्दै भरसक मिलाउने उपाय खोज्न आग्रह गरेका छन् । 

देउवा पनि आजै कारबाही गरिहाल्ने मुडमा नभएको ती नेताले जानकारी दिए । सकेसम्म मिलाएर जाने र मध्यमार्गी बाटो खोज्नका लागि लचकता अपनाउने कुरा देउवाबाट आएको उनले शिलापत्रलाई जानकारी दिए । 

अहिले महाराजगञ्जमा झन्डै ८० केन्द्रीय सदस्य भेला भइसकेको जानकारी पनि उनले दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार