समानुपातिक सूचीलाई लिएर राप्रपा केन्द्रीय कार्यालयमा तनाव, महिला नेताद्वारा अनसन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उमेदवार सूची सच्याउन माग गर्दै महिला नेताहरूले विरोध जनाएका छन् ।

सूची सच्याउन दबाब दिन पुगेका महिला नेताहरू र पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामाबीच कार्यालय परिसरमै झडप भएको बताइएको छ ।

महिला नेताहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको अन्त्य गर्न माग गर्दै पार्टी कार्यालयमा विज्ञप्ति बुझाएका छन् । उनीहरूले अनसन समेत सुरु गरेका छन् । समानुपातिक प्रणालीलाई सीमित व्यक्तिको पारिवारिक स्वार्थका लागि प्रयोग गरिएको उनीहरूको आरोप छ ।

महिला नेताहरूको विज्ञप्तिमा बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा तथा खुस्बु ओलीलाई समानुपातिक सूचीबाट हटाउन माग गरिएको छ ।

खुस्बु ओलीलाई प्रत्यक्ष चुनाव लड्न पठाइनुपर्ने र समानुपातिक अवसर वास्तविक संघर्षशील कार्यकर्तालाई दिनुपर्ने उनीहरूको भनाइ छ ।

विज्ञप्तिमा परिवारका सदस्य मात्रै समानुपातिकबाट तीनजना र गठबन्धनमार्फत थप एकजना अघि सारिएको उल्लेख गर्दै महिला नेतृहरूले कडा आपत्ति जनाएका छन् ।

raprapa-mag-1767954126.jpg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार