विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ भन्ने पत्रकारको प्रश्नमा विश्वप्रकाशले के भने ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुने दोहोर्‍याएका छन् । विशेष महाधिवेशनको तयारी अवलोकनका लागि काठमाडाैंको भृकुटीमण्डप पुगेका महामन्त्री शर्माले सबैलाई मिलाउने प्रयास भइरहेकोले विशेष महाधिवेशनकै कारण कांग्रेस विभाजन नहुनेमा ढुक्क रहन आग्रह गरे ।

उनले विशेष महाधिवेशनपछि कांग्रेस एकजुट भएर २१ फागुनको चुनावमा जाने बताए । ‘विशेष महाधिवेशनले पार्टी विभाजन हुन्छ भने त्यो व्यवस्था पार्टी विधानमा लेखिने थिएन । पार्टी विभाजन हुँदैन । २१ फागुनको चुनावमा कांग्रेस एक भएर चुनावमा जान्छ । १६५ क्षेत्रमा कांग्रेसको एकल उम्मेदवार हुन्छ’, शर्माले भने ।

विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ भन्ने पत्रकारको प्रश्नमा शर्माले भने, ‘विशेष महाधिवेशनले कार्यविधि निर्माण गर्छ । त्यसले तय गर्छ । 

उनले केही साथीहरूले विशेष महाधिवेशनको हस्ताक्षरबाट नाम फिर्ता लिए पनि थपिनेको संख्या धेरै रहेको दाबी गरे ।

‘२३-२४ जनाले फिर्ता लिए पनि २ सय ५० जना थप साथीले (हिजो र अस्तिबाहेक) थप गर्नुभएको छ’, शर्माले भने । शर्मासँगै कांग्रेस नेताहरू चन्द्र भण्डारी र सुनिल शर्मा तयारी अवलकोकनका लागि भृकुटीमण्डप पुगेका थिए । भण्डारी र शर्माले पनि कांग्रेस विभाजन नहुने प्रस्ट पारे । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार