नेपाली कांग्रेस संस्थापन पक्ष केन्द्रीय सदस्यको भेलाले पार्टी इतिहासकै जटिल मोडमा पुगेको निष्कर्ष निकालेको छ । पार्टी फुटाउन आन्तरिक र भूराजनीतिक षड्यन्त्र भइरहेको भन्दै यसबाट जोगिन सबैको सचेत र जिम्मेवार भूमिका आवश्यक हुनेमा उनीहरूले जोड दिएका छन् ।
“पार्टी इतिहासको जटिल मोडमा छ । पार्टीलाई विभाजन र कमजोर बनाउन सक्रिय छन् । त्यसकारण पार्टी एकता र फुटबाट जोगाउन कसरी सकिन्छ भन्ने छलफल भयो,” बेलामा सहभागी केन्द्रीय सदस्य गुरु बरालले भने, “कांग्रेस कमजोर भए लोकतन्त्र नरहन सक्छ ।”
उनले आन्तरिक र भूराजनीतिक चलखेलबाट जोगिन आह्वान गर्ने निर्णय गरिएको जानकारी दिए । “भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण कांग्रेस विभाजन हुन नदिन देशभरका साथीहरूलाई आह्वान गर्ने निर्णय भयो,” उनले भने ।
विशेष महाधिवेशनका नाममा पार्टी विभाजनतर्फ लागेको भन्दै उक्त अभियानमा रहेकालाई पनि कांग्रेस एकढिक्का बनाउन आह्वान गर्ने निर्णय गरिएको उनले बताए ।
युवा र जिल्ला सभापतिको भेला बोलाएर मुठभेड गर्ने नभई एकतामा ल्याउन छलफल गरिएको उनले उल्लेख गरे ।
मिलनका निम्ति मध्यविन्दुको खोजी भइरहेको भन्दै बरालले जिल्ला सभापतिसहितका भेलाबाट प्रस्ताव लिएर आउने बताए ।
“पार्टी कमजोर र फुटबाट जोगाउँछौँ । जिल्ला–जिल्लाबाट आउने साथीहरूले पनि विभाजन चाहनुभएको छैन,” उनले भेलाबारे भने, “रातदिन हामी लागेका छौँमिलाउन, मध्यविन्दु खोज्छौँ । हामी ०५९ को जस्तो पार्टी विभाजित हुन दिँदैनौँ ।”




प्रतिक्रिया दिनुहोस्