राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत राजनीतिक समायोजन घोषणा सभा काठमाडौंमा सुरु भएको छ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा दिउँसो १ बजेदेखि सभा सुरु भएको हो।
विशेषगरी थरुहट/थारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीबीच राजनीतिक समायोजन गर्ने उद्देश्यका साथ सभाको आयोजना गरिएको हो।
कार्यक्रममा थरुहट क्षेत्रका नेता तथा अभियन्ताहरू रास्वपामा समाहित हुने बताइएको छ।




प्रतिक्रिया दिनुहोस्