बाजुराबाट ११ जनाको नाम सिफारिस

बाजुरा: नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराले प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट ११ जनाको नाम प्रदेशमा सिफारिस गरिएको छ।

गत सोमवार नेकपा एमाले बाजुराले प्रतिनिधि निमार्वाचनका लागि नेकपा एमालेबाट उम्मेद्वारको नाम सिफरिस गर्ने गरी बैठक बसेको थियो। त्यसमा ११ आकाङ्क्षी रहेका थिए। आकाङ्क्षी रहेकाहरुमा एक आपसमा सहमति नजुटेपछी उनीहरुको नाम प्रदेशमा पठाएको नेकपा एमाले बाजुुराले जनाएको छ। पार्टीको आन्तरिक छलफल तथा जिल्ला कमिटीमार्फत प्रदेशमा नाम सिफारिस गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराका सचिव काँशी विकले बताए।

उनले भने, “सिफारिस गरिएकाहरुमा कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया, कालीबहादुर शाही, दयालबहादुर शाही, राधिका बोहरा, बसुन्धरा रोकाया लोकेन्द्र शाही, काशीबहादुर विक र रामलाल कार्की रहेका छन्।” प्रदेशमा पनि पुस २२ गते बैठक बस्ने भएको छ । त्यहाँ पनि सहमति भए हुन्छ । यदी भएन भने प्रदेशले पनि केन्द्रमा नाम सिफारिस गर्ने सचिव विकले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार