महामन्त्रीहरु विशेष महाधिवेशनमा जुटेपछि देउवाले बोलाए पार्टीका शीर्ष नेतालाई छलफलमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा  जुटेपछि देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।

उनले शुक्रबार बिहान छलफलका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई महाराजगञ्ज स्थित निवास बोलाएको स्रोतले जनाएको छ ।



आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै  छ । बैठकमा महाधिवेशनको विषयमा छलफल गर्ने कार्यतालिका समेत रहेका बेला सभापति देउवाले उक्त बैठक बस्नु अघि पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

१६ पुस लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार नियमित अधिवेशन स्थगन भएको विज्ञप्ति जारी गर्दै केही दिनभित्रै विशेष महाधिवेशन हुने घोषणा गरेका थिए  ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार