धनगढी । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य ४ रुपैयाँले घटेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य ५ रुपैयाँले घटेको छ भने हवाई इन्धन आन्तरिक तर्फ ६ रुपैयाँले घटाइएको छ ।
त्यस्तै, हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ भने प्रति किलोमिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्