वीरबहादुर सिंह बने बेल्डाँडीमै पहिलो ‘पिएचडी होल्डर’, लेखाए नामको अगाडी डाक्टर

धनगढी । वीरबहादुर सिंह ठकुरी बेल्डाँडी गाउँपालिकामै विद्यावारिधि (पिएडी) गर्ने पहिलो व्यक्ति बनेका छन् । सुपका उपप्रध्यापक समेत रहेका ठकुरी कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामै पिएडी गर्ने पहिलो व्यक्ति बनेका हुन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकास विषयमा भीमदत्त नगरपालिका, कञ्चनपुरमा वैदेशिक रोजगारीका सामाजिक आर्थिक प्रभावहरु भन्ने शीर्षकमा पिएचडी पूरा गरेका हुन् ।

२०८२ पुष १६ गते अन्तिम मौखिक परीक्षा उत्तीर्ण गर्दै ठकुरी बेल्डाँडीमै पिएचडी गर्ने पहिलो व्यक्ति बनेका छन् । पिएचडी पूरा गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी साटेका छन् । उनले उक्त उपलब्धिलाई ऐतिहासिक क्षणको रुपमा उल्लेख गरेका छन् ।

ठकुरीको सफलताले बेल्डाँडी गाउँपालिकासँगै समग्र सुदूरपश्चिम प्रदेशका युवालाई उच्च शिक्षातर्फ आकर्षण गर्नुका साथै अध्ययनमा प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार