सारांश
- राष्ट्रिय सभा निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
- मधेस प्रदेशमा ३७९ जना मतदाता रहेकोमा १० हजार ८ सय ३९ मतभार रहेको छ।
- निर्वाचन आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशित गर्नेछ भने माघ ११ गते निर्वाचन हुने छ।
धनुषा । राष्ट्रियसभा निर्वाचनका लागि मधेसको जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारी गर्ने उद्देश्यले जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
मधेस प्रदेशमा ३७९ जना मतदाता रहेकोमा मतभार १० हजार ८सय ३९ रहेको छ। त्यसैगरी १०७ जना प्रदेश सभा सदस्यको मतभार ५३ रहेको छ । जसको मतभार ५ हजार ६ सय ७१ रहेको छ ।
निर्वाचनमा मतदाता रहेको अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुखको मतदाता २७२ रहेको छ । जसको कुल मतभार ५ हजार १सय ६८ रहेको छ । निर्वाचनका मुख्य अधिकृत सुभाष बाबु पुरीले कतिपय प्रदेश सभा सदस्यहरू निलम्बनमा परेको र स्थानीय तहका जनप्रतिनिधिहरु जो मतदाता रहेका छन् उनीहरू समेत निलम्बनमा परेकोले अन्तिम नामावली प्रकाशित हुन नसकेको र अन्तिम नामावली प्रकाशित भएपछि कुल मतदाताको सङ्ख्या यकिन हुने जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्