केन्द्रीय सदस्यमा पराजित घिमिरेले छाडे एमाले

बुटवल : नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका बासुदेव घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनी विघटित प्रतिनिधिसभा सदस्य समेत हुन् । 

रुपन्देही क्षेत्र नम्बर ५ बाट घिमिरेले एमालेबाट चुनाव जितेका थिए । तिलोत्तमा नगरपालिका रुपन्देहीको पूर्व नगरप्रमुख समेत रहेका घिमिरे नगरपालिकाको नेतृत्व गर्दा राम्रो काम गरेकै कारण प्रतिनिधिसभामा विजयी भएका थिए । उनी एमालेको पूर्व लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । जेनजी आन्दोलनमा घिमिरेको तिलोत्तमा नगरपालिकास्थित ड्राइभरटोलमा रहेको टुलिप होटल र घर जलेको थियो । उनी निकट स्रोतका अनुसार घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारी छ । 

पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आफूले एमाले परित्याग गरेको उनले लेखेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार