नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, यसअघिका सांसदहरू सूचीमा नपर्ने

नेपाली कम्युनिस्ट पार्टीले यसपालि समानुपातिकतर्फ नयाँ अनुहार पठाउने भएको छ।

पार्टी शीर्ष नेत‌ृत्व तहमै सहमति गरी यसपालिको समानुपातिक सूचीमा नयाँ अनुहार पठाउने निर्णय भएको एक नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ। 

सहमति अनुसार यसअघि सांसद र राष्ट्रिय सभा सदस्य भएकाहरू समानुपातिक सूचीमा पर्ने छैनन्।

समानुपातिक उम्मेदवारको बन्द सूची पठाउने आज अन्तिम दिन हो। 

नेकपाका शीर्ष नेताहरू सूची तयार पार्ने काममा व्यस्त छन्। 

निर्वाचन आयोगले सोमबार अपराह्न ४ बजेसम्म सूची बुझाउन भनेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार