मेयर पदबाट राजीनामा दिने तयारीमा बालेन !

भक्तराज जोशी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग एकताका लागि सम्झौता गरेसँगै उनले मेयर पदबाट राजीनामा दिने तयारी गरेको बालेन निकट स्रोतको दाबी छ । 

‘रास्वपासँग एकता गर्ने सम्झौतासँगै मेयरसाप पदबाट राजीनामा दिने तयारीमा हुनुहुन्छ ।’, बालेन निकट स्रोतले भन्यो, ‘कहिले राजीनामा दिने ? भन्ने टुंगो लागेको छैन । सम्भवतः छिट्टै हुन्छ ।’

रास्वपासँग एकता गर्ने सम्झौतापछि मेयर शाह अब आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने पक्का देखिएको छ । 

रास्वपालेसमेत मेयर शाहलाई आगामी निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्नेछ । रास्वपा सभापति रवि लामिछाने भने पार्टीको सभापति नै रहनेछन् । पार्टीको नेतृत्व उनैले गर्नेछन् । 

भावी प्रधानमन्त्रीका रुपमा बालेनको चर्चा चलिरहेका बेला बालेनले मेयर पदबाट राजीनामा दिएर फागुन २१ गतेको निर्वाचनको तयारीमा लाग्ने तयारी गरेका छन् । उनी रास्वपाबाट ‘घण्टी’ चुनाव चिन्ह लिएरै निर्वाचन लड्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार