काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताएका छन् ।
‘अहिले चुनावको माहोल छ । धेरैले धेरै खालका कुरा गरिरहेका छन् । जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ । श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन,’ उनले भनेका छन्, ‘श्रम संस्कृति पार्टीले मिसावट विनाको राजनीतिक गर्छ । यो देशको ढुंगाको, माटोको राजनीति गर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि उनको प्रतिक्रिया आएको हो ।




प्रतिक्रिया दिनुहोस्