धनगढीः धनगढी उपमहानगरपालिकाले जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको छ। आइतवारदेखि उपमहानरपालिकाले वार्षिक निति तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८२/०८३ को जुठे दमाई छात्रवृत्ति वितरण गर्न थालेको हो।
धनगढी- १६ मा रहेको शिव माध्यमिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई नगर प्रमुख गोपाल हमालले शैक्षिक सामाग्री वितरण गरेका हुन्। जुठे दमाई छात्रवृत्ति अन्तर्गत धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरूलाई शैक्षिक सामग्री प्रदान गरिने उपमहानरपालिकाले जनाएको छ।
यो वर्ष जुठे दमाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययनरत ५७६ जना दलित छात्रालाई शैक्षिक सामग्री वितरण गरिने शिक्षा माहाशाखा प्रमुख घुम्मनसिंह बडायकले जानकारी दिए। उनीहरूलाई झोला, एक दर्जन कापी र एक दर्जन कलम प्रदान गरिने छ।




प्रतिक्रिया दिनुहोस्