रवि-बालेनबीच आज एकता,रवि पार्टी सभापति, बालेन प्रधानमन्त्री

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्न तयार भएका छन् । रास्वपा सभापति रवि लामिछानेसँगको एक्ला एक्लै दुई चरणको छलफल पछि रवि र बालेन एकै ठाउँमा उभिन सहमत भएका हुन् । 

विश्वस्त स्रोतले सिधाकुरालाई बताए अनुसार अहिले सहमतिको अन्तिम खाकाको प्राविधिक काम सक्न दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा छन् ।  सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व संगठन,झण्डा र निर्वाचन चिन्ह घण्टी स्वीकार गर्न तयार भएका छन्। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने छ ।

रवि रास्वपाको सभापति रहने छन् । सहमतिको खाका तयार गरिरहेका नेताका अनुसार रास्वपाको प्रधानमन्त्री बालेन्द्र शाह हुनेछन्। बालेनले रास्वपामा कुनै पनि साङ्गठनिक जिम्मेवारी दावी नगरेको पनि दुई पक्षको भनाई छ। तर,बालेनले जेनजी प्रतिनिधीलाई कसरी समेट्ने भनेर चासाे व्यक्त्त गरिरहेका छन् ।

अहिलेको रास्वपाको पदाधिकारी टिममा कुनै परिवर्तन हुने छैन ।  ‘लगभग सबै कुरा सकिएको छ । नेता, नेतृत्व, पार्टी र झण्डा र चुनाव चिन्ह रास्वपाको, पहिला बालेन प्रधानमन्त्री बन्ने सहमति भयो,’ स्रोतले भन्यो, ‘आज बेलुकासम्म सहमतिमा हस्ताक्षर हुन्छ ।’

रास्वपाकातर्फबाट सहमतिको गृहकार्यका लागि उपसभापति डा।स्वर्णिम वाग्ले, सचिवालय सदस्य शिशिर खनाल र केन्द्रिय सदस्य असिम साह तथा बालेनकातर्फबाट सल्लाहकार कुमार बेन सहभागी छन्। 

स्रोतका अनुसार बिहीबार बालेन र रविबीच सो समझदारी बनेको थियो र साँझ नै बसेर सहमतिमा हस्ताक्षरको तयारी थियो । तर,जेनजी प्रतिनिधिहरूले पनि समझदारीमा आफ्नो हिस्सा खोजेपछि बालेनले जेनजीसहितका विभिन्न फरक फरक राजनीतिक समूहसँग दिनभर छलफल गरेका थिए। जेनजी प्रतिनिधिहरूको प्रतिनिधित्व निर्वाचनबाटै गरेर जाने विषयमा पनि रवि र बालेन एक मत देखिएको पनि स्रोतको दाबी छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार