धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट करन साउद चुनाव लड्ने भएका छन् । कैलाली ४ मा नेपाली कम्युनिष्ट पार्टीबाट साउद सिफारिसमा परेसँगै उनको चुनाव लड्ने सम्भावना बलियो भएको हो ।
विगत लामो समयदेखि पार्टी र सामाजिक कार्यमा काम गर्दै आएका साउद युवामाझ लोकप्रिय पनि छन् ।
उनले फागुन २१ को निर्वाचन केवल निर्वाचन मात्र नभएर मुलुकको अवस्था परिवर्तन गर्ने कडी भएको बताएका छन् । राजनीतिलाई आफूले समाज सेवाको रुपमा लिएको पनि साउदले बताएका छन् ।
पछिल्लो समय धेरैले राजनीतिलाई पैसा कमाउने माध्यम बनाउने गरेको भन्दै उनले त्यस्तो प्रवृत्ति ठिक नभएको बताएका छन् । करिब ८ वर्ष शिक्षण पेसामा लागेर पनि राजनीति गर्नू नितान्त समाजको लागि भएको साउदको भनाई छ ।
उनले यदी आफूले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा टिकट पाए निर्वाचन जित्ने र युवाको माग अनुसार अवस्था परिवर्तनमा काम गर्ने बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्