एमालेको महाधिवेशनः प्रतिनिधि र कार्यकर्तालाई खानबस्नकै चिन्ता

धनगढी । काठमाडौँमा अहिले नेकपा एमालेको महाधिवेशनको चहलपहल बढेको छ । पार्टीको ११औँ महाधिवेशनका लागि अहिले काठमाडौँमा जिल्ला जिल्लाबाट महाधिवेशन प्रतिनिधि आउने क्रम बढेको छ ।

महाधिवेशनका लागि काठमाडौँ आउने नेताहरुको क्रम बढेसँगै जिल्लास्तरीय नेता तथा कार्यकर्तालाई खान र बस्नकै चिन्ताले सताउन थालेको छ ।

Galaxy

अहिले विभिन्न जिल्लाबाट महाधिवेशनका लागि पुगेकाहरु कोही होटलमा बसेका छन् भने कोही खान र बस्नको लागि पार्टी नेतृत्वकहाँ हारगुहार गर्न पुगेका छन् ।

त्यसो त एमालेले महाधिवेशनका लागि काठमाडौँ आउने महाधिवेशन प्रतिनिधिले आफ्नो खान र बस्नको व्यवस्था आफैँ गर्नुपर्ने निर्णय गरेको छ । पार्टीको सो निर्णयले एमालेका प्रतिनिधिलाई थप तनाव दिएको छ ।

पैसा हुनेहरु आफैँ होटलमा गएर बसेका छन् । कोही आफन्तकोमा बस्न गएका छन् । तर काठमाडौँमा आफन्त नहुने र खर्च म्यानेज गर्न नसक्नेहरु भने पार्टी नेतृत्वकै भर पर्नुपर्ने बाध्यतामा छन् ।

अहिले राती परिसक्दा पनि महाधिवेशनका लागि काठमाडौँ आएकाहरु पार्टीको केन्द्रीय कार्यालय वरिपरी देखिएका छन् । सोही भीडमा एकजनाले भन्दै थिए, ‘दिनको २ ३ हजार खर्च आउने भयो । कसरी म्यानेज गर्ने ? गाह्रो पर्ने भयो यार ।’

यसले महाधिवेशनका लागि भनेरै काठमाडौँ आएका एमालेका महाधिवेशन प्रतिनिधिहरु थप मर्कामा परेको देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार