हितेन्द्रदेव शाक्य भन्छन्- ‘कुलमानजीसँग मिलेर काम गर्छु’

धनगढी । सर्वोच्च अदालतको परमादेशपछि हितेन्द्रदेव शाक्य पुनः पुर्ववत अवस्थामा फर्किएका छन् । अर्थात उनी पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक (एमडी)को जिम्मेवारीमा फर्किएका हुन् ।

अदालतको परमादेशपछि पुनः जिम्मेवारीमा फर्किएका शाक्यले अब आफू थप जिम्मेवार भएर काम गर्ने बताएका छन् ।

Galaxy

सञ्चारकर्मीसँगको कुराकानीका क्रममा शाक्यले अदालतको आदेशले न्याय पाएको भन्दै थप जिम्मेवार भएर काम गर्ने उर्जा मिलेको पनि बताएका छन् । उनले आफूले हिजो पनि कुलमानसँग मिलेर काम गर्न सक्ने भनेको र आज पनि आफू मिलेर काम गर्न तयार रहेको बताएका छन् ।

बरु अहिले देशको अवस्था संवेदनशील भएकाले आफ्नो क्षमताले भ्याएजति काम गर्ने शाक्यले बताएका छन् ।

शाक्यलाई न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पूर्ववत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा काम गर्न परमादेश जारी गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार