जेनजी आन्दोलन : ओली-लेखकसहितका ९ जाहेरी तामेलीमा

काठमाडौं । जेनजी आन्दोलनको घटनालाई जोडेर परेका जाहेरी मध्ये ९ वटा जाहेरी तामेलीमा राखिएको छ ।

जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार विभिन्न कसुर दाबी गर्दै प्रहरीमा आएका ९ जाहेरी तामेलीमा राखिएको हो ।

Galaxy


जसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौं महानरपालिकाका मेयर बालेन शाह, हामी नेपालीका संस्थापक सुदन गुरुङलगायत विरुद्ध परेका गरी ९ वटा जाहेरी तामेलीमा राखिएको हो ।

तत्काल प्रमाणअनुसार अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने नदेखिएपछि प्रहरीको सिफारिसमा सरकारी वकिल कार्यालयले निर्णय जाहेरी तामेलीमा राखिएको हो ।


प्रहरीमा आएका १०४ जाहेरी भने दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । जसमा व्यक्तिगत जाहेरी २२, सरकारी कार्यालय तोडफोठ तथा आगजनी कसुरमा ६६, संस्थागत, व्यापारिक प्रतिष्ठान, अदालत अख्तियार समेत गरेर १६ गरी १०४ जाहेरी दर्ता गरेर अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार