कैलालीमा फरार कैदीलाई फर्किन दिइएको समय सकियो

धनगढी : कैलालीमा फरार कैदीबन्दीलाई सम्पर्कमा आउन दिइएको अवधि सकिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जेन्जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीलाई सम्पर्कमा असोज २० गतेसम्मको समय दिएको थियो।

SHIKHAR COOL TECH

उक्त अवधि सकिएको आज तेस्रो दिन हो । तर, २४ भदौमा भागेका तीन सय आठ जना कैदीबन्दी अझै फरार छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म तीन सय ६४ जना कैदीबन्दी भने कैलाली कारागार फर्किएका छन् । 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले २० गतेसम्म पनि सम्पर्कमा नआएका कैदीबन्दीलाई अब थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए। उनका अनुसार कारागार ऐन २०७९ र प्रचलित कानुन बमोजिम थप कारबाही हुने छ। फरार कैदीबन्दीलाई लुकाउने र आश्रय दिनेलाई पनि कारबाहीको दायरामा ल्याइने जोशीले बताए।

यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल यसअघि नै गठन भइसकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार