एनटीईके–जेड समूहको आज हुने भनिएको आन्दोलन स्थगित

भक्तराज जोशी

काठमाडौं । जेनजीहरुको एक समूहले आज गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ ।

एनटीईके–जेड समूहको नामबाट असोज २३ गते गर्ने भनेको आन्दोलन स्थगित भएको हो । एनटीईके–जेड समूहले बुधबार साँझ विज्ञप्ति जारी गर्दै आज हुने शान्तिपूर्ण प्रदर्शन स्थगित भएको जानकारी गराएको हो ।

Galaxy

‘साथीहरुले २०८२/०६/२२ गते केन्द्रिय कमिटीको मिटिङ बसेर गरेको छलफलमा भोलि मिति २३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरुले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके–जेड का केन्द्रीय पदाधिकारीहरुले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्तगित गर्ने निर्णय गरिएको छ,’प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एनटीईके–जेड समूहले छलफल गरी आउने समयमा हुने शान्तिपूर्ण आन्दोलनको मिति जानकारी गराउने निर्णय गरेको समेत बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार