३ असोजमा कांग्रेस सभापति देउवा र राणालाई कसले दियो राहदानी? परराष्ट्र मन्त्रालयले थाल्यो छानबिन

काठमाडौं : परराष्ट्र मन्त्रालयले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई दिइएको राहदानीबारे छानबिन सुरु गरेको छ । 

देउवा दम्पतीले राहदानी विभागबाट असोज ३ गते राहदानी बनाएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले सो विषयमा छानबिन थालेको हो।

Galaxy

असोज ३ गते सार्वजनिक बिदाको दिन राहदानी जारी हुनु गम्भीर विषय भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । 

उनका अनुसार आवश्यकता अनुसार जुनसुकैले राहदानी बनाउन पाउने भए पनि बिदाको दिन राहदानी बनेको घटना सामान्य होइन । 

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कुटपिटबाट घाइते भएका देउवा दम्पती उपचारका लागि सैनिक अस्पतालमा भर्ना भएका थिए। सोही क्रममा विभागका कर्मचारीमार्फत राहदानी बनेको कुरा सार्वजनिक भएपछि थप प्रश्न उठेको हो।

स्रोतका अनुसार नयाँ राहदानी निर्माणका लागि राहदानी विभागका अधिकारीहरू देउवा दम्पती उपचाररत रहेको अज्ञात स्थानमा पुगेका थिए। 

‘जेन जी’ प्रदर्शनका क्रममा अराजक समूहले २४ भदौमा बुढानीलकण्ठस्थित निवासमा आक्रमण गरेको थियो। त्यो समूहले देउवा निवासमा तोडफोड र आगजनी मात्र गरेको थिएन, उनीहरूमाथि सांघातिक आक्रमणसमेत गरेको थियो। आक्रमणबाट दुवैको गर्धनमा गम्भीर चोट लागेको थियो। 

देउवा दम्पती उपचारका लागि थाइल्यान्ड जान तयारीमा रहेका थिए। तर राहदानी प्रकरण बाहिरिएपछि उक्त कार्यक्रम स्थगित भएको बताइएको छ।

यस विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालले समेत चासो व्यक्त गर्दै छानबिन गर्न निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार