काठमाडौँ : विज्ञापन बोर्डलाई थप व्यवस्थित बनाउँदै प्रदेश र स्थानीय तहको सहभागितामा विज्ञापन कर संकलनको प्रबन्ध गर्ने विषयमा छलफल भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रवार बोर्डको सेवा प्रवाहका बारेमा जानकारी लिएका थिए। सो अवसरमा मन्त्री खरेलले बोर्डलाई थप प्रभावकारी बनाउन सरकारको तर्फबाट सहयोग हुने बताएका थिए। सञ्चारमन्त्री खरेलले बोर्डले सम्पादन गरिरहेका काम कारवाहीका बारेमा जानकारी लिएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले जानकारी दिए।
सो अवसरमा बोर्डका तर्फबाट सञ्चारमन्त्री खरेल समक्ष आमसञ्चार माध्यम, होर्डिङ बोर्ड, सामाजिक सञ्जाल र मेला महोत्सवमा हुने विज्ञापनको नियमन तथा व्यवस्थापनमा विषयमा छलफल भएको थियो। प्रदेश सरकार र स्थानिय तहको सहभागीता गराई विज्ञापन बजारलाई व्यवस्थित बनाउन र विज्ञापन कर स्थानीय तहबाटै संकलन हुने व्यवस्थाकालागि मन्त्री खरेल समक्ष अनुरोध गरिएको अध्यक्ष हुमागाईले उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्